काठमाडौं । नेपाल शिक्षक महासङ्घको अगुवाइमा शिक्षकहरूले आजदेखि राजनीतिक दलको केन्द्रीय कार्यालयमा धर्ना दिएर सङ्घीय शिक्षा ऐन जारी गर्न दबाब दिने भएका छन् ।
महासङ्घले आज नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा धर्ना दिने कार्यक्रम रहेको छ ।
त्यसैगरी फागुन २८ गते नेकपा एमालेको कार्यालय, चैत १ गते नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा धर्ना दिने महासङ्घले जनाएको छ ।
यसैगरी चैत २ गते नेकपा एकीकृत समाजवादीको कार्यालय, ३ गते राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय, ४ गते जसपा, लोसपा र राष्ट्रिय जनमोर्चाको कार्यालय र चैत ५ गते जनमत, नागरिक उन्मुक्ति र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को कार्यालयमा धर्ना दिइने बताइएको छ ।
अस्थायी प्रकृतिका शिक्षकको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सिर्जना, शिक्षकहरूलाई स्थानीय सरकार मातहत राख्न नहुनेलगायत उनीहरुका माग छन् ।
बाल कक्षा शिक्षक (इसीडी), अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरुवा र कार्यसम्पादन मूल्याङ्कनलगायतका विषय शिक्षकहरूले अगाडि सारेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ फागुन २०८१, ०९ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिक्षक आन्दोलनप्रति रामकुमारीको टिप्पणी- रमिता बढी भयो, अब स्कूल फर्किनुस्
१६औँ दिनपनि शिक्षक आन्दोलन जारी
शिक्षक आन्दोलनले भर्ना अभियान प्रभावित
नयाँ बानेश्वरमा शिक्षकहरूले दिए धर्ना
शिक्षकहरूको सडक प्रदर्शन आज पनि जारी
शिक्षकका माग सम्बोधन गर्न गगन थापाले दिए २ विकल्प