काठमाडौं । स्थानीय तहको निर्वाचन सकिएर नयाँ जनप्रतिनिधिले राम्ररी काम थाल्न नपाउँदै केन्द्रीय सरकार फेरबदल हुने हल्ला चलाइएको छ । यद्यपि, सर्वोच्च अदालतको आदेशबाट गठन भएको वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकारलाई ढालेर अर्को सरकार बनाउन सर्वोच्चकै आदेश बाधक छ तर, पनि गठबन्धन दलकै प्रमुख दलका प्रमुख नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल दुवै जनाले आफूलाई प्रधानमन्त्री बन्न अफर आएको बताउँदै हिड्न थालेका छन् ।
प्रचण्डले बिहीबार एक अन्तर्वातामा आफूलाई प्रधानमन्त्री बन्न अफर आएको तर त्यो अफरमा आफू विश्वस्त नरहेको बताए । कसले अफर ग¥यो भन्ने विषयमा भने उनले केही बताएका छैनन् । यस्तै, एकीकृत समावादीका अध्यक्ष नेपालले पनि बिहीबार सुर्खेतमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै आफूलाई प्रधानमन्त्री बन्ने अफर आएको बताए तर उनले पनि कसले अफर गरेको हो भन्ने’दयगत केही बताएनन् ।
राजनीतिक विश्लेषकका अनुसार अध्यक्ष प्रचण्ड र नेपाल दुवैले गठबन्धनको प्रमुख दल कांग्रेस तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाबमा राखी बार्गेनिङ पावर बढाउन आफूलाई प्रधामन्त्रीको अफर आएको कृत्रिम दाबी गरेका हुन सक्छन् । आउने प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेसले सिट भागबन्डामा कम सिट दिने संकेत देखाएपछि यतिखेर प्रचण्ड र नेपाल दुवै जना कांग्रेसलाई दबाबमा राखी आफ्नो पार्टीको भागमा पर्ने सिट संख्या वृद्धि गर्ने दाउमा रहेको बताइन्छ । त्यही दाउस्वरूप उनीहरूले प्रधानमन्त्रीको अफर आएको हल्ला आफंै फैलाएको हुन सक्ने राजनीतिक विश्लेषकको दाबी छ ।
यद्यपि, प्रमुख सत्तारूढ दल कांग्रेसले भने प्रचण्ड र नेपालको चालबाजीलाई राम्रैसँग बुझेर त्यसलाई खासै ध्यान दिएको छैनन् । ‘यो उहाँहरूको चालबाजी भएकाले हामीले खासै ध्यान दिएका छैनौं, प्रतिनिधिसभाको सिट भागबन्डालाई यो विषयसँग हेर्न जरुरी छैन’, कांग्रेसका एक केन्द्रीय नेताले राजधानीसँग भने । एमालेका महासचिव शंकर पोखरेलले बिहीबार नै सामाजिक सञ्जालमार्फत यतिखेर एमाले सरकार परिवर्तनको कुनै खेलमा नलागेको स्पष्ट पारेका छन् ।
महासचिव पोखरेलको यस भनाइबाट एमालेले अरू कसैलाई पनि प्रधानमन्त्रीको कुनै अफर नगरेको स्पष्ट हुन्छ । त्यसो भए प्रचण्ड र नेपाललाई कसले प्रधानमन्त्रीको अफर ग¥यो भन्ने प्रश्न सर्वत्र उठिरहेको छ । ‘यतिखेर एमाले सरकार परिवर्तनको कुनै खेलमा छैन विकास र समृद्धिका लागि बलियो राष्ट्रिय शक्ति निर्माणको तयारीमा जुटिरहेको छ’, एमाले महासचिव पोखरेलले भनेका छन् । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, २० जेठ २०७९, ०७ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विभाजित माओवादीहरू एकता प्रक्रियामा छन्ः प्रचण्ड
उपचुनावको परिणामले पार्टी उकालो लाग्दै छ कि छैन भन्ने संकेत गर्छ : प्रचण्ड
सरकारबाट हटेपछि पीडित भएको छैन : प्रचण्ड
दमननाथलाई जनताले देशको राजनैतिक र सामाजिक परिवर्तनका लागि सम्झिरहनेछन् : प्रचण्ड
भ्रष्टाचारको विरोध गर्नेलाई कांग्रेस-एमालेले दमन गर्दैछ: प्रचण्ड
प्रधानमन्त्रीबाट हट्नुपर्दाको कुनै पीडा छैन, अहिले झन् रिल्याक्स छु: प्रचण्ड