गैँडाकोटमा प्रचण्डको मर्निङ वाक

सफल खबर संवाददाता

मंगलबार, ०२ बैशाख २०८२, ०८ : ४५
गैँडाकोटमा प्रचण्डको मर्निङ वाक

काठमाडौँ । नेकपा माओवादी केन्द्रको पूर्व पश्चिम हुलाकी लोकमार्ग केन्द्रित 'जनतासँग माओवादी तराई–मधेस जागरण अभियान' जारी छ ।

पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा जारी अभियान हाल नवलपरासीमा केन्द्रित छ । 

अभियानको क्रममा प्रचण्डसहितको टोलीले आज बिहान गैँडाकोटमा मर्निङ वाक गरेको छ । सो क्रममा प्रचण्डले गैँडाकोटको संगम लखन चोकमा रहेको सहिद लखन थापाको सालिकमा माल्यार्पण गरेका छन् । 

पूर्व उपराष्ट्रपति तथा  माओवादी उपाध्यक्ष नन्दकिशोर पुन पासाङ पनि यो अभियानमा सहभागी छन् ।