पल शाहलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश उच्च अदालतद्वारा सदर

सफल खबर संवाददाता

विहीबार, १९ जेठ २०७९, १९ : ४१
पल शाहलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश उच्च अदालतद्वारा सदर

जेठ । उच्च अदालत, पोखराले पल शाहलाई थुनामै राखेर बलात्कार मुद्दाको प्रक्रिया अघि बढाउने जिल्लाको आदेशलाई सदर गरेको छ ।

तनहुँ र नवलपुर जिल्ला अदालतले शाहलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो । त्यसविरुद्ध शाह उच्च उदालत, पोखरामा गएका थिए । बिहीबार न्यायाधीश उज्ज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले जिल्लाको आदेश सदर गरेको उपरजिष्टार विष्णुप्रसाद आचार्यले जानकारी दिए ।

उनले भने, ‘१० चैत २०७८ मा तनहुँ जिल्ला अदालतबाट भएको आदेश वेरितको नदेखिँदा परिर्वतन गरिहनु पर्दैन भन्ने आदेश भएको छ ।’

प्रतिक्रिया दिनुहोस