‘रावायण’को दोस्रो पोस्टरमा यस्तो देखिए पल शाह र पूजा शर्मा

सफल खबर संवाददाता

शनिबार, २६ साउन २०८१, ११ : ०४
‘रावायण’को दोस्रो पोस्टरमा यस्तो देखिए पल शाह र पूजा शर्मा

काठमाडौं । चलचित्र ‘रावायण’को दोस्रो पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मा फिचर्ड छन् ।

आगामी भदौ २१ गतेदेखि प्रदर्शन तयारीमा रहेको चलचित्र पोस्टरमा पललाई गम्भीर भावमा प्रस्तुत गरिएको छ, भने पूजा शर्मा आक्रोशित मुद्रामा देखिएकी छन् । पोस्टरको पृष्ठभूमिमा एसिड आक्रमणका दोषीलाई कारबाही गर भन्ने ब्यानरसहित प्रहरी कार्यालय अगाडि प्रदर्शन गरिरहेको एक समूहलाई देखाइएको छ ।

चलचित्रमा पल शाह र पूजा शर्मासहित प्रियङ्का कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, अर्जुनजंग शाही, प्रकाश शाह, शर्मिला मल्ल जस्ता कलाकारहरूको पनि अभिनय रहेको छ। 

सुदर्शन थापाको निर्देशनमा बनेको उक्त चलचित्रको निर्माणमा पूजा शर्मा र सुदर्शन थापा प्रोडक्शनको संयुक्त सहकार्य रहेको छ।

प्रतिक्रिया दिनुहोस