काठमाडौं । भारतबाट फेरि पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची हेरफेर भएर आएको छ । बुधबार नेपाल आयल निगमले विज्ञप्तिमार्फत भारतीय आयल कर्पोरेसन (आईओसी) ले इन्धनको नयाँ मूल्य सूची हेरफेर गरेर पठाएको जनाएको हो ।
निगमले जारी गरेको विज्ञप्तिमा भारतबाट पेट्रोलको मूल्य बढेर आएको छ भने डिजेल, खाना पकाउने एलपी ग्याँस र हवाइ इन्धनमा घटेर आएको छ । विज्ञप्तिमा पेट्रोल प्रतिलिटर ८ रुपैयाँ २१ पैसा बढेर आएको छ भने डिजेलमा प्रतिलिटर ७ रुपैयाँ ४ पैसा, खाना पकाउने ग्यासँमा प्रतिसिलिन्डर १ सय २२ रुपैयाँ, हवाई इन्धन प्रतिलिटर ३ रुपैयाँ ३६ पैसा घटेर आएको निगमले जनाएको छ ।
निगमले मासिक अझैँ पनि ६ अर्ब १५ करोड रुपैयाँ घाटा व्यहोर्नुपर्ने विज्ञप्तिमा जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ जेठ २०७९, २० : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बढ्यो पेट्रोलियम पदार्थको मूल्य
पेट्रोलको मूल्य बढ्यो
घट्यो पेट्रोलियम पदार्थको मूल्य, आजदेखि कति पर्छ ?
घट्यो पेट्रोलियम पदार्थको मूल्य
पेट्रोलियम पदार्थबाट सडक मर्मत शुल्कबापत झन्डै आधा खर्ब सङ्कलन
पेट्रोलियम पदार्थको मूल्य घट्यो