काठमाडौं । नवप्रवेशी टोली गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै गुजरात च्याम्पियन बनेको हो ।
गुजरातले पहिलो सहभागितामै उपाधि जितेको हो । गुजरातले यसै सिजनबाट आईपीएल खेल्न थालेको हो । अहमदाबादमा राजस्थानले दिएको १ सय ३१ रनको लक्ष्य गुजरातले १८ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गरेको थियो ।
गुजरातको जितमा सुबमन गिलले अविजित रहदै सर्वाधिक ४५ रन बनाए । कप्तान हार्दिक पान्डय ३४ रनमा आउट भए भने डेभिड मिलर ३२ रनमा अविजित रहे । म्याथ्यु वेड ८ र रिद्धिमान शाह ५ रनमा आउट भए ।
राजस्थानका ट्रेन्ट बोल्ड, प्रसिद्ध कृष्ण र युजभेन्द्र चाहलले १/१ विकेट लिए । पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३० रन जोडेको थियो । राजस्थानका लागि जोश बट्लरले सर्वाधिक ३९ रन जोडे ।
याशभी जैसवालले २२ रन जोड्दा रियान परागले १५ रन जोडे । कप्तान सन्जु सामसन १४ रनमा आउट भए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १६ जेठ २०७९, ११ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आईपीएल: रोयल च्यालेन्जर्स बेंगलुरुले चेन्नई सुपर किंग्सलाई हरायो
आईपीएल : सनराइजर्सको आक्रामक ब्याटिङ लाइन नचल्दा लखनउको शानदार जित
आईपीएल : डि ककको शानदार ब्याटिङमा राजस्थानविरुद्ध कोलकाता आठ विकेटले विजयी
आईपीएल: गुजरातलाई पराजित गर्दै पञ्जाव विजयी
आईपीएल: लखनउविरुद्ध दिल्लीको रोमाञ्चक जित
आईपीएलको पहिलो खेलमा आरसीबीले केकेआरलाई हरायो