काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ टी-२० प्रतियोगिताको फाइनल प्रवेशका लागि शुक्रबार (आज) रोयल च्यालेन्जर्स बैंगलोर र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदै छ ।
अहमेदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा हुने खेल नेपाली समयअनुसार साँझ पौने ८ बजे सुरु हुनेछ ।आजको खेलको विजेताले आइतबार उपाधिको लागि गुजरात टाइटन्ससँग खेल्नेछ । पहिलो प्लेअफमा राजस्थानलाई सात विकेटले हराउँदै गुजरात आईपीएलमा प्रवेश गरेको पहिलो वर्ष नै फाइनलमा स्थान बनाएको थियो ।
यता, बैंगलोरले इलिमिनेटरमा लखनउ सुपर जायन्ट्सविरुद्ध जित निकाल्दै फाइनल प्रवेशका लागि राजस्थानसँगको भेट पक्का गरेको हो ।आईपीएलमा यी दुई टोलीबीच हालसम्म २४ खेल भएका छन् । जसमध्ये बैंगलोरले १३ खेलमा जित निकाल्दा राजस्थानले ११ खेलमा जित हात पारेको छ ।
आईपीएल इतिहासमा राजस्थानले एक पटक उपाधि जितेको छ भने बैंगलोर हालसम्म उपाधिविहीन छ । बैंगलोर पछिल्लो पटक सन् २०१६ मा फाइनल पुगेको थियो । यस्तै, सन् २००८ को विजेता राजस्थान त्यसयता फाइनल पुग्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ जेठ २०७९, १४ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आईपीएल क्रिकेटमा आज पनि दुई खेल हुँदै
आईपीएल : अभिषेकको शतकमा हैदरावादको सानदार जित, पञ्जाब आठ विकेटले पराजित
आईपीएलः केएल राहुलको सानदार ब्याटिङमा दिल्लीको लगातार चौथो जित
आईपीएल: मुम्बईलाई पराजित गर्दै बैंग्लोर अंक तालिकाको तेस्रो स्थानमा
आईपीएलमा हैदरावादको लगातार चौथो हार, गुजरात सात विकेटले विजयी
आईपीएल: पञ्जाबमाथि राजस्थानको शानदार जित