काठमाडौं । बलिउड अभिनेता सलमान खान नेपाल नआउने भएका छन् । उनी नआउने भएसँगै जेठ १४ गते दशरथ रंगशालामा हुने भनिएको ‘दबंग टुर रिलोडेड’ फेरि रोकिने भएको छ ।
आयोजकले सलमान खान लगायत टिमको माग पुरा गर्न नसकेका कारण कार्यक्रम रोकिने भएको हो । आयोजक स्रोतले उनी नआउने पुष्टि गरेपनि यसबारे औपचारिक जानकारी विज्ञप्तिमार्फत दिइने जनाएको छ ।
‘१४ गते कार्यक्रम नहुने नै भएको छ’, स्रोतले भन्यो ‘पछि कुनै समय हुनसक्ला ।’
ओडीसी इन्टरटेन्मेन्ट र हिता ग्रुपको संयुक्त आयोजनामा हुने भनिएको उक्त कार्यक्रममा सलमानसँगै अन्य भारतीय कलाकारहरु सोनाक्षी सिन्हा, प्रभु देवा, मनिष पल, गुरु रन्धावा, आयुष शर्मा लगायतको टिम नेपाल आउने प्रचार गरिएको थियो ।
आयोजकले कार्यक्रममा प्रवेशका लागि दर्शक ५ हजार, १०, १५ २५ हजारको टिकट समेत बिक्रि गरेको छ । यसअघि पनि सलमानको कार्यक्रम स्थगित भएको थियो भने टिकट ठगी काण्डमा आयोजक सीमान्त गुरुङ मुछिएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १० जेठ २०७९, १७ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सलमान खानलाई धम्की दिने व्यक्ति उनकै गीतकार
सलमान खानलाई लरेन्स गिरोहबाट फेरि धम्की
सलमानलाई फेरि ज्यान मार्ने धम्की
सलमानको सिकन्दरमा हलिवुडको जस्तो एक्शन
सलमान खानमाथि फेरि आक्रमणको षड्यन्त्र : मुम्बई प्रहरीको दाबी- चार पक्राउ
सलमान खानको घरबाहिर गोली चलेको प्रकरणमा पक्राउ परेका व्यक्तिको हिरासतमै मृत्यु