काठमाडौँ । सौन्दर्य प्रतियोगिता आयोजकले प्रतियोगीमाथि बलात्कार गरेको भनिएको आठ वर्ष पुरानो घटना सार्वजनिक भएपछि संसदीय समितिले चासो देखाएको छ।
सो घटनाको विरोधमा प्रदर्शन हुनुका साथै हदम्याद हटाउन संसदमासमेत आवाज उठेपछि समितिको ध्यानाकर्षण भएको हो । सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिको बैठकले नीतिगत रुपमा स्पष्ट भएर मात्र सौन्दर्य प्रतियोगिता सञ्चालन गर्न दिन सरकारलाई निर्देशन दिएको छ ।
समितिले नाबालिका र महिलामाथि हुने यौन हिंसा, दुर्व्यवहार, जबरजस्ती करणजस्ता जघन्य अपराधका घटनामा विद्यमान हदम्यादको कानुनी व्यवस्थापनलाई संशोधन गर्न आवश्यक विधेयक तत्काल संघीय संसदमा पेश गर्न पनि सरकारलाई भनेको छ।
यौन हिंसा र दुर्व्यवहारका घटना न्यूनीकरणका सम्बन्धमा समितिले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री, गृह र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिवलाई बोलाएर छलफल गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १० जेठ २०७९, ११ : ४१
लेखकबाट थप