चितवन । भरतपुर महानगरपालिका प्रमुख पदमा सत्तारुढ गठबन्धनका उम्मेदवार रेनु दाहालको ग्रता झनै फराकिलो बन्दै गएको छ । मतगणनाको परिणाम अनुसार उनले ३८ हजार ७०८ मत पाएकी छिन् । उनको ८ हजार ५१६ मतको अग्रता कायम छ ।
मतगणनाको शुरुवाती चरणमा निकटतम प्रतिष्पर्धीसँग थोरै मतले मतान्तर हुँदै आएकोमा अहिले भने दाहालले फराकिलो मतान्तर बनाउन सफल भएकी छिन् ।यस्तै, नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३० हजार १९२ मत पाएका छन् । अर्का प्रमुख पदका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १२ हजार ६४८ मत पाएका छन् ।
उपप्रमुख पदमा भने नेपाली काँग्रेसका चित्रसेन अधिकारी ४० हजार ९४९ मतका साथ अग्रस्थानमा छन् । अर्का प्रतिष्पर्धी राप्रपाकी हिमला गुरुङले २३ हजार ८९५ मत पाएकी छन् ।
महानगरको वडा नम्बर २१ को जारी मतगणनामा एमालेका उम्मेदवारले ६३९ मत प्राप्त गर्दा काँग्रेसका उम्मेदवारले १ हजार ४३ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ जेठ २०७९, १७ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर महानगर र दाङको राप्ती गाउँपालिकाबीच भगनी सम्बन्ध कायम
भरतपुरमा भूमिगत विद्युतीकरणको काम ७० प्रतिशत सकियो
भरतपुर महानगरपालिकाद्धारा तीन पाङ्ग्रे अटोको रुट परमिट दिन सुरु
पुंगी खोलाको अवैध संरचना भत्काउने कार्य जारी
भरतपुर महानगरमा छोरी बीमा कार्यक्रम
सयपत्री र मखमली मालाको मूल्य निर्धारण, स्थानीय उत्पादनलाई प्रयोग गर्न महानगरको जोड