चितवन । भरतपुर महानगरपालिकाको जारी मतगणनामा एमालेका उम्मेदवार विजय सुवेदी निरन्तर पछि पर्न थालेका छन् । माअोवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अध्यावधिक विवरणअनुसार मतान्तर बढाउँदै लगेकी छन् । शनिबार दिउँसोका अध्यावधिक विवरणअनुसार उनले ६ हजार १३८ मत को अग्रता बनाएकी छन् ।
महानगरपालिकाको ७८ हजार ३१५ गणना गर्दा दाहालले ३० हजार ३९४ मत पाएकी छन् भने सुवेदीले २४ हजार २५६ मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १० हजार ७२१ मत पाएका छन्। उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीको अग्रता कायमै छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ जेठ २०७९, १७ : २७
लेखकबाट थप