चितवन । भरतपुर महानगरपालिकाको जारी मतगणनामा एमालेका उम्मेदवार विजय सुवेदी निरन्तर पछि पर्न थालेका छन् । माअोवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अध्यावधिक विवरणअनुसार मतान्तर बढाउँदै लगेकी छन् । शनिबार दिउँसोका अध्यावधिक विवरणअनुसार उनले ५,७३३ मत को अग्रता बनाएकी छन् ।
महानगरपालिकाको ७६०९५ गणना गर्दा दाहालले २९४७८ मत पाएकी छन् भने सुवेदीले २३७४५ मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १०,३३४ मत पाएका छन्। उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीको अग्रता कायमै छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ जेठ २०७९, १५ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर महानगर र दाङको राप्ती गाउँपालिकाबीच भगनी सम्बन्ध कायम
भरतपुरमा भूमिगत विद्युतीकरणको काम ७० प्रतिशत सकियो
भरतपुर महानगरपालिकाद्धारा तीन पाङ्ग्रे अटोको रुट परमिट दिन सुरु
पुंगी खोलाको अवैध संरचना भत्काउने कार्य जारी
भरतपुर महानगरमा छोरी बीमा कार्यक्रम
सयपत्री र मखमली मालाको मूल्य निर्धारण, स्थानीय उत्पादनलाई प्रयोग गर्न महानगरको जोड