चितवन । भरतपुर महानगरपालिका प्रमुख पदमा सत्तारुढ गठबन्धनकी उम्मेदवार रेनु दाहालले अग्रता झनै फराकिलो बन्दै गएको छ । पछिल्लो ७० हजार ७७५ मतगणनाको परिणाम अनुसार उनले २८ हजार ६०८ मत पाएकी छिन् । उनको ५ हजार ५१८ मतको अग्रता कायम छ ।
मतगणनाको शुरुवाती चरणमा निकटतम प्रतिष्पर्धीसँग धेरैथोरै मतले मतान्तर हुँदै आएकोमा अहिले भने दाहालले फराकिलो मतान्तर बनाउन सफल भएकी छिन् ।यस्तै, नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले २३ हजार ०९० मत पाएका छन् । अर्का प्रमुख पदका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १० हजार १३ मत पाएका छन् ।
उपप्रमुख पदमा भने नेपाली काँग्रेसका चित्रसेन अधिकारी ३० हजार ९०१ मतका साथ अग्रस्थानमा छन् । अर्का प्रतिष्पर्धी राप्रपाकी हिमला गुरुङले १७ हजार ९२० मत पाएकी छन् ।
महानगरको वडा नम्बर १५ को जारी मतगणनामा काँग्रेसका उम्मेदवारले अग्रता कायम गरेका छन् । उनले १२ हजार ४ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ जेठ २०७९, ११ : २६
लेखकबाट थप