चितवन । भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनका तर्फबाट उम्मेदवारी दिएकी माओवादी केन्द्रकी रेणु दाहालले अग्रता लिइरहेकी छन् ।
५९ हजार ७१७ गणना हुँदा रेणुले २२ हजार ५९६ मत ल्याएर अग्रता कायम राखेकी छन् । उननलाई १९ हजार ३९४ मतसहित एमालेका विजय सुवेदीले पछ्याइरहेका छन् ।
रेणु र सुवेदीलाई स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ८ हजार ३७३ मत ल्याएर पछ्याइरहेका छन् । उपमेयरमा कांग्रेसकी चित्रसेन अधिकारीले २४ हजार ८४६ मतसहित अग्रता कायम राख्दा राप्रपाकी हिमला गुरुङले १५ हजार ३११ मत ल्याएर पछ्याइरहेकी छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ जेठ २०७९, १७ : २३
लेखकबाट थप