काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बलात्कारसम्बन्धी कानुनमा रहेको हदम्यादको पुनर्विचारका लागि सरकारलाई निर्देशन दिन सभामुखसमक्ष आग्रह गरेका छन्। 'प्रिबजेट' छलफलका क्रममा शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै थापाले सो आग्रह गरेका हुन्।'यो संसद्बाट बनाएको बलात्कारसम्बन्धी कानुन, हाम्रो फौजदारी संहिताको खासगरी हदम्यादसम्बन्धी विषयमा पुनर्विचार गर्न पनि सरकारलाई निर्देशन दिनका लागि सभामुखलाई हार्दिक अनुरोध गर्न चाहन्छु', उनले भने।
एक युवतीले आफू सन् २०१४ मा बलात्कृत भएको घटना सार्वजनिक गरेको सन्दर्भलाई जोड्दै थापाले त्यस किसिमको निर्देशनका लागि आग्रह गरेका हुन्।'हिजो साँझ घर जाँदाखेर श्रीमती र दुई वटा सानासाना छोरीहरु सामाजिक सञ्जालमा आएको एउटा नौजवान युवतीको एउटा भिडिओ, जसमा ८ वर्षअघि आफूलाई बलात्कार गरेको घटना उनले बताइरहेकी थिइन्, त्यो हेरिरहेको, त्यसको प्रतिक्रिया उनीहरुको अनुहारमा परेको, मेरो छोरी डराएको घटना म सम्झिरहेको छु', थापाले आफ्नो विषय उठान गर्दै भनेका थिए।
उनले नेपाल सरकारलाई पनि विषय सार्वजनिक भइसकेको हुनाले अभियोग लागेको व्यक्तिलाई तत्कालै अनुसन्धानमा ल्याउन आग्रह गरेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ जेठ २०७९, १३ : ४३
लेखकबाट थप