धनगढी । निर्वाचन आयोगले कैलालीको मोहन्याल गाउँपालिका अध्यक्षमा निर्वाचित देवीदत्त उपाध्यायलाई पद तथा गोपनीयताको शपथ ग्रहण रोक्न निर्देशन दिएको छ। माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका उपाध्यायको शपथग्रहण रोक्न आयोगले निर्देशन दिएको कैलालीका मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले बताए। अर्को, निर्णय नभएसम्मका लागि उनको शपथ रोकिएको उनले बताए। उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा विचाराधीन रहेको छ। तत्कालीन वडा नम्बर २ को वडाध्यक्ष रहेका बेला उनीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको थियो।
यस्तै, नेपाली कांग्रेसबाट वडा ३ को वडाध्यक्षमा निर्वाचित नन्दराम गिरीविरुद्ध पनि भ्रष्टाचार सम्बन्धी मुद्दा पनि अदालतमा विचाराधीन छ। भ्रष्टाचारको मुद्दा विचाराधीन भएकाहरु जनप्रतिनिधि चुनिएपछि सपथ के गर्ने भन्ने अन्योल थियो।
तर,अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुको मुद्दा विचाराधीन रहेको पत्र पठाएपछि निर्वाचन आयोगले शपथ रोक्न निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ जेठ २०७९, १३ : ०५
लेखकबाट थप