चितवन । भरतपुर महानगरपालिकामा मेयर पदकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले ४२ हजार ७५० गणना हुँदा अग्रता थप बढाएकी छन् ।
उनले १६ हजार २३५ मत पाउँदा एमालेका उम्मेदवार विजय सुवेदी १२ हजार ९७७ मतका साथ पछिपछि रहेका छन् । यी दुई उम्मेदवारबीचको मतान्तर ३ हजार२५८ रहेको छ ।
यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६ हजार ६८७ मत पाएका छन् । उपमेयरमा चित्रसेन अधिकारीले १८ हजार ७७६ मत पाउँदा राप्रपाकी हिमला गुरुङले १० हजार ४१९ मत पाएकी छन् । अहिले वडा नम्बर ९ को गणना भइरहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ जेठ २०७९, १५ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर महानगर र दाङको राप्ती गाउँपालिकाबीच भगनी सम्बन्ध कायम
भरतपुरमा भूमिगत विद्युतीकरणको काम ७० प्रतिशत सकियो
भरतपुर महानगरपालिकाद्धारा तीन पाङ्ग्रे अटोको रुट परमिट दिन सुरु
पुंगी खोलाको अवैध संरचना भत्काउने कार्य जारी
भरतपुर महानगरमा छोरी बीमा कार्यक्रम
सयपत्री र मखमली मालाको मूल्य निर्धारण, स्थानीय उत्पादनलाई प्रयोग गर्न महानगरको जोड