चितवन । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र)की उम्मेदवार रेणु दाहालले अग्रता बढाउँदै लगेकी छन् । रेणुले नेकपा (एमाले)का विजय सुवेदीलाई २००० मतले पछि पारेकी छन् ।
हालसम्म ३०,२५२ मत गणना हुँदा गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी रेनु दाहालले ११ हजार ९० मत प्राप्त गरेकी छन् । त्यस्तै नेकपा (एमाले)का विजय सुवेदीले ९ हजार ९० मत पाएका छन् ।
स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार ९५८ मत प्राप्त गरेका छन् । त्यस्तै उपमेयरतर्फ नेपाली काँग्रेसका चित्रसेन अधिकारीले १३ हजार २४५ मतका साथ अग्रता कायम राखेका छन् । राप्रपाकी हिमला गुरुङले ७ हजार ३७१ मत प्राप्त गरेकी छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ जेठ २०७९, १८ : २०
लेखकबाट थप