स्थानीय तह निर्वाचन

खजुरा गाउँपालिका अध्यक्षमा माओवादी निर्वाचित

सफल खबर संवाददाता

बुधबार, ०४ जेठ २०७९, १५ : ०५
खजुरा गाउँपालिका अध्यक्षमा माओवादी निर्वाचित

बाँके । बाँकेको खजुरा गाउँपालिकामा गठबन्धनका दुवै उम्मेदवार निर्वाचित भएका छन् । गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका डम्बर विक अध्यक्ष पदमा १० हजार ७९० मत ल्याएर र नेपाली कांग्रेसकी मञ्जु मल्ल उपाध्यक्ष पदमा १० हजार ३४ मत ल्याएर निर्वाचित भएकाे खजुराका निर्वाचन अधिकृत लोकबहादुर सुनारले जानकारी दिए ।  

विकका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सुमन मल्लले नौ हजार १३७ मत पाएका थिए । उपाध्यक्षमा मल्लले निकटतम प्रतिद्वन्द्वी एमालेकी ताजरुन निशालाई पराजित गरेकी थिइन् । उनले आठ हजार ९१ मत ल्याएकी थिइन् । विसं २०७४ को स्थानीय निर्वाचनमा उक्त गाउँपालिकामा नेकपा एमाले निर्वाचित भएको थियो । आठ वडा रहेको सो गाउँपालिकामा माओवादी केन्द्रले पाँच, कांग्रेसले दुई र एमालेले एक वडामात्रै जितेको छ । अहिलेसम्म बाँकेमा राप्तीसोनारी र डुडुवा गाउँपालिकाको अन्तिम मत परिणाम घोषणा भइसकेको छ । 

twitter sharing button

प्रतिक्रिया दिनुहोस