काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आज शिष्टाचार भेटवार्ता गरेकी छन्।आज गृहमन्त्रालयमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध र सहयोग आदानप्रदानका विषयमा कुराकानी भएको बताइएको छ।
भेटमा गृहमन्त्री खाणले स्थानीय तहको निर्वाचन सम्पन्न गरेर सरकार अब बजेट निर्माणको प्रक्रियामा लागेको बताए।चीनले शान्ति, स्थिरता, विकास र समृद्धिमा अहिलेसम्म निरन्तर गरेको सहयोगका लागि धन्यवाद दिँदै उनले आगामी दिनमा पनि शान्ति, स्थिरता, विकास र समृद्धिमा सहयोगको निरन्तरताप्रति विश्वास व्यक्त गरे।
भेटमा राजदूत यान्छीले भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनका दिन आफू निर्वाचन भइरहेका विभिन्न स्थानमा अवलोकनका लागि गएको र त्यहाँ जनता उत्साहित भएर निर्वाचनमा भाग लिइरहेको देख्दा खुशी लागेको पनि बताएकी थिइन्।
उनले काठमाडौँबाट चीनको कुनमिङमा ३० मे बाट सीधा उडान गर्ने तयारी भएको जानकारी गराएकी थिइन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ जेठ २०७९, १४ : ४८
लेखकबाट थप