स्थानीय तह निर्वाचन

रौतहटको राजदेवी नगरपालिकामा एकीकृत समाजवादी विजयी

सफल खबर संवाददाता

बुधबार, ०४ जेठ २०७९, ११ : ५६
रौतहटको राजदेवी नगरपालिकामा एकीकृत समाजवादी विजयी

काठमाडौं । रौतहटको राजदेवी नगरपालिकाको प्रमुखमा नेकपा एकीकृत समाजवादी विजयी भएको छ । राजदेवी नगरपालिकामा समाजवादीका तर्फबाट मेयर उम्मेदवार रहेका भिखारी यादव निर्वाचित भएका हुन् ।

उनले पूर्व मेयर तथा नेपाली कांग्रेसका उम्मेदवार धिरेन्द्र सिंहलाई ३ हजार ३४५ मत अन्तरका साथ पराजित गरेका छन् । मेयर पदमा निर्वाचित भएका यादवले ७ हजार ५२ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी धिरेन्द्र सिंहले ३ हजार ७०७ मत प्राप्त गरेका छन् ।

यसैगरी उपमेयरमा समाजवादीकै राजकुमारी देवीले ५ हजार ८४२ मत प्राप्त गर्दै निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांगे्रसकी अर्चना कुमारी यादवे ३ हजार १४९ मत प्राप्त गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस