काठमाडौं । एमालेले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा सरकारबाटै धाँधली भएको आरोप लगाएको छ ।
मंगलबारबाट सुरु भएको संसदको ११औँ अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै एमाले सांसद प्रदीप ज्ञवालीले निर्वाचन नै गराउन नचाहको सरकारले राज्य शक्तिको प्रयोग गरेर चुनावमा धाँधली गरेको आरोप लगाए ।
‘पहिला त सरकारले निर्वाचन नै गराउन चाहेको थिएन। अन्तिम समयमा पनि चुनाव सार्ने तयारी गरेको थियो,’ उनले भने, ‘चुनावमा राज्यशक्ति प्रयोग गरेर धाँधली गरियो, यो संसदमा रेकर्ड गराउन चाहन्छौँ ।’
एमालेविरुद्ध लागेको गठबन्धनको सामना गर्दै एमाले निर्वाचनमा होमिएको बताएका उनले अहिले आइरहेको परिणामबाट एमाले नआत्तिएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ जेठ २०७९, १६ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाँच जना नेता एमालेबाट निष्कासित
यस्तो छ एमाले सचेतक बरालले संसदमा दर्ता गराएको जरुरी सार्वजनिक महत्वको प्रस्ताव (पूर्णपाठ)
एमाले संसदीय दलको बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
एमाले विधान महाधिवेशन : ७० वर्षे उमेर हद वैधानिक रूपमै हट्ने
एमाले सचिवालय बैठक आज बस्दै, वामदेवबारे छलफल हुने
विराटनगरमा १८ जना एमाले कार्यकर्ताले दिए सामूहिक राजीनामा