एमालेमा दम्भ र अहंकार अझै केही समय जारी रहन्छ : रामकुमारी झाँक्री

सफल खबर संवाददाता

मंगलबार, ०३ जेठ २०७९, १५ : ११
एमालेमा दम्भ र अहंकार अझै केही समय जारी रहन्छ : रामकुमारी झाँक्री

काठमाडौं ।नेकपा एकीकृत समाजवादीको नेतृ रामकुमारी झाँक्रीले एमालेको दम्भ र अहंकार अझै केही समय जारी रहने टिप्पणी गरेकी छन्। एमालेले गठबन्धन र सरकारले चुनावमा धाँधली गरेको आरोप लगाइरहेको बेलामा त्यही विषयलाई लिएर आजबाट शुरु हुने संसद् बैठकमा अवरोध गर्ने आरोपसमेत लगाएकी हुन्। 

उनले फेसबुकमा लेखेकी छन्, ‘यि त्यस्ता प्रवृत्ति हुन्, जसले स्थानीय चुनावमा धाँधली भयो भनेर आज फेरि संसद अवरूद्ध शुरू गर्ने छन्। मेरा के कमजोरी थिए र जनताले भोट हालेनन्? हामीविरूद्ध कसरी मोर्चाबन्दी भयो? एकता गरेको पार्टी किन चार टुक्रा भयो? भन्ने समीक्षा गर्ने छैनन्। दम्भ र अहंकार अझै केही समय जारी रहनेछ।’

के कमजोरीका कारणले जनताले भोट हालेनन्? भनेर समीक्षा गर्नुको साटो दम्भ देखाइरहेको आरोप लगाएकी छन्।

प्रतिक्रिया दिनुहोस