चितवन । चितवनको रत्ननगर नगरपालिका वडा नं–६ को वडाध्यक्षमा नेपाली कांग्रेसका किरण महतोसहित प्यानलै विजयी भएको छ । महतो चार उमेदवारले प्राप्त गरेको मतभन्दा पनि फराकिलो मतान्तरका साथ विजयी बनेका हुन् ।
वडाध्यक्षमा महतोले १०१६ मत प्राप्त गर्दा एमालेका लोकराज भुसालले ४११, नेकपा (माओवादी केन्द्र) का टीकाराम खनालले २१६, नेकपा (एकीकृत समाजवादी) का गोकर्ण गिरीले २०२ र राप्रपाका प्रेमनाथ पाठकले २८ मत पाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ जेठ २०७९, १३ : ४५
लेखकबाट थप