चितवन । भरतपुर महानगर पालिकाको मतगणना जारी रहेको छ । वडा नम्बर ५ को मतगणना जारी रहँदा मेयर पदका उमेदवार रेनु दाहालले नेकपा एमालेका उमेदवार विजय सुवेदीसँग मतान्तर बढाउँदै गएकी छन् । पछिल्लो मतगणनाअनुसार दाहाललाई ९२ मतको अग्रता छ ।
एमालेका विजय सुवेदीले ६११५ मत पाउँदा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले ६२०७ मत पाएकी छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३०२२ मत पाएका छन् ।
यस्तै उपमेयरमा चित्रसेन अधिकारीले ७५५८ मतका साथ अग्रता बनाइरहेका छन् । यो वार्डमा वडाध्यक्षमा भने कांग्रेसका युद्ध श्रेष्ठ र पदमपाणी सुवेदीबीच कडा टक्कर देखिएको छ । वडा न ५ मा १२१७ मत गणना हुँदा श्रेष्ठले ५७८ र सुवेदीले ५७२ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ जेठ २०७९, १२ : ५१
लेखकबाट थप