चितवन । भरतपुर महानगरपालिकाको पछिल्लो मत गणनामा एमालेका उम्मेदवार विजय सुवेदी ५४ मतले अग्रता लिएका छन् ।
सुवेदीलाई गठबन्धनका उम्मेदवार रेनु दाहालले पछ्याइरहेकी छन् । महानगरमा १४ हजार ३० मत गणना हुँदा एमालेका सुवेदीले चार हजार ७५७ मत ल्याएका छन् भने माओवादी केन्द्रकी दाहालले चार हजार ७०३ मत ल्याएकी छन् ।
त्यसैगरी उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी पाँच हजार ५९५ र उपमेयरमा राप्रपाकी हिमला गुरुङले तीन हजार ७८९ मत ल्याएकी छन् । वडा अध्यक्षतर्फ भने कांग्रेसले एक हजार ११९ मत, एमालेको ७५२ र राप्रपाको ४३० मत आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ जेठ २०७९, १६ : ४९
लेखकबाट थप