चितवन । भरतपुर महानगरपालिकामा रेनु दाहाललाई ७३ मतले पछि उछिन्दै एमाले उम्मेदवार विजय सुवेदीले अग्रता लिएका छन् । हाल सम्म १३५६५ मतको परिणाम आउदा एमालेका सुवेदीले ४६२५ मत प्राप्त गरेका छन् । भने रेनु दाहालले ४५५२ मत प्राप्त गरेका छन् ।
दाहाल र सुवेदी बिच तिव्र प्रतिष्पर्धा देखिएको छ । सय मत गणनाको क्रममा कुनै बेला दाहालले अग्रता कायम गर्छिन् भने कुनै बेला सुवेदीले अग्रता हासिल गर्ने गरेका छन् ।यस्तै काँग्रेसबाट बागी स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २०४० मत प्राप्त गरेका छन् ।
उपमेयरमा सत्तारुढ गठबन्धनका तर्फबाट चित्रसेन अधिकारीले ५३९५ मत प्राप्त गर्न सफल भएका छन् भने राप्रपा उम्मेदवार हिमला गुरुङले ३६७९ मत प्राप्त गरेका छन् ।
अहिले ४ नं वडाको मतगणना भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ जेठ २०७९, १४ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर महानगर र दाङको राप्ती गाउँपालिकाबीच भगनी सम्बन्ध कायम
भरतपुरमा भूमिगत विद्युतीकरणको काम ७० प्रतिशत सकियो
भरतपुर महानगरपालिकाद्धारा तीन पाङ्ग्रे अटोको रुट परमिट दिन सुरु
पुंगी खोलाको अवैध संरचना भत्काउने कार्य जारी
भरतपुर महानगरमा छोरी बीमा कार्यक्रम
सयपत्री र मखमली मालाको मूल्य निर्धारण, स्थानीय उत्पादनलाई प्रयोग गर्न महानगरको जोड