काठमाडौँ । थाहा नगरपालिकाको वडा नं ७ मा पनि नेकपा माओवादी केन्द्रका उम्मेदवार बिनायक गोले विजयी भएका छन् । निकटतम प्रतिद्धन्द्धि नेपाली काँग्रेसका शिवराज थिङलाई पछि पार्दै गोले वडाध्यक्षमा निर्वाचित भएका हुन् ।
यो जीतसँगै थाहा नगरको ५ वडामा माओवादी केन्द्र विजयी भएको छ । थाहा नगरको वडा नं,१, २, ३ र ४ मा यसअघि नै माओवादी केन्द्रले जित हासिल गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ जेठ २०७९, १२ : ४१
लेखकबाट थप