अक्षय कुमारलाई कोरोना संक्रमण

सफल खबर संवाददाता

आइतबार, ०१ जेठ २०७९, १७ : १९
अक्षय कुमारलाई कोरोना संक्रमण

एजेन्सी । बलिउडका अभिनेता अक्षय कुमारमा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित भएसँगै फ्रान्समा हुने कान्स फिल्म फेस्टिवलमा अक्षय कुमार सहभागी हुन नपाउने भएका छन् ।आफूमा कोरोना संक्रमण भएको खबरलाई उनले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका हुन् । उनले सामाजिक सञ्जाल ट्वीटर मार्फत लेखेका छन्, –‘म कान्स फिल्म फेस्टिवल २०२२ मा सहभागी हुन निकै उत्सुक थिए, तर अब म जान पाउदिन किनकी मलाई कोरोना भएको छ । म आराम गर्छु, तपाईं र तपाईंको टीमलाई धरै बधाई अनुराग ठाकुर म त्यहाँ नभएकोमा आफुलाई धेरै मिस गर्नेछु ।’

यसपटकको कान्स फिल्म फेस्टिवलमा भारतको नाम धेरै अर्थमा रहने छ । यस प्रसिद्ध फिल्म फेस्टिवलमा पहिलो पटक भारतलाई कन्ट्री अफ अनरको रुपमा सम्मान गरिने भएको छ । जसमा अभिनेता अक्षय केन्द्रीय मन्त्री ठाकुरका साथ भारतीय प्रतिनिधिमण्डलको रुपमा सहभागी हुँदै थिए । केन्द्रीय सूचना तथा प्रसारण मन्त्री अनुराग ठाकुरले कान्समा भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् ।

एआर रहमान, शेखर कपुर, रिक्की केज कान्स रेड कार्पेटमा हिँड्ने सेलिब्रेटीहरू हुनेछन् । ७५ औँ कान्स फिल्म फेस्टिवल मे १७ मा उद्घाटन हुनेछ ।

प्रतिक्रिया दिनुहोस