काठमाडौं । काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले ठूलो अन्तरको अग्रता बनाएकी छन् ।
निर्वाचन आयोगका अनुसार हालसम्म डंगोलले २ हजार ८८४ मत प्राप्त गरेकी छन् । यो मत उनको निकटतम प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार रामेश्वर श्रेष्ठले ल्याएकोेभन्दा तीन गुनाभन्दा बढी हो ।
एकीकृत समाजवादीका उम्मेदवार श्रेष्ठले ८२३ मत प्राप्त गरेका छन् । पाँच दलीय गठबन्धनको तर्फबाट श्रेष्ठले उम्मेदवारी दिएका थिए । यस्तै, काठमाडौं महानगरको उपप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार बिनिता मगैयाले ६७० मत प्राप्त गरेकी छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ जेठ २०७९, १६ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्थानीय सरकारले जनतालाई आफ्नोपनको आभाष गराउनुपर्छ : सुनिता डंगोल
सेवा र पूर्वाधारलाई लैंगिक उत्तरदायी बनाउन संस्थागत प्रबन्धमा काम सुरु गरिसकेका छौँ : उपप्रमुख डंगोल
नेपाली युवाहरु विश्व बजारमा प्रतिस्पर्धी रहेको महसुस गरे : सुनिता डंगोल
उपमेयर सुनिताले गरिन् बालेनको कार्यशैलीको आलोचना
मेलमिलापलाई पहिलो प्राथमिकता राखेर विवाद निरूपण गरिरहेका छौँ : सुनिता डंगोल
उपप्रमुख डंगोलसँग ल्हासा नगरका प्रतिनिधि मण्डलको भेट