चितवन । भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहालको अग्रता कायम रहेको छ । मत गणनाको पछिल्लो मत परिणाम अनुसार सुस्त गतिमा भइरहेको मत गणनामा वडा नम्वर १ को २९६८ मत अहिले सम्म गनिएको छ ।
जसको मत परिणाम अनुसार रेनु दाहालको ११०५ र विजय सुवेदीको १००७ मत रहेको छ । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३९० मत प्राप्त गरेका छन् ।
यस्तै उपमेयरमा सत्तारुढ गठबन्धनका तर्फबाट चित्रसेन अधिकारीले १२२६ मत प्राप्त गर्न सफल भएका छन् भने एमाले र राप्रपाका उम्मेदवार हिमला गुरुङले ८३० मत प्राप्त गरेका छन् । त्यस्तै वडाध्यक्षमा कांग्रेसका उम्मेदवार केशब महर्जनले १२४४ र एमालेका शुक्र श्रेष्ठले ११९९ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ जेठ २०७९, ०७ : १७
लेखकबाट थप