रामेछाप । रामेछापको दुई स्थानमा गोली चलेको छ । दुई पक्षीय झडप हुँदा मतदान प्रभावित बनेको जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी राजकुमार थिङले जानकारी दिए ।
दोरम्बा सैलुङ गाउँपािलिकाको मानपुर कृष्ण मावि मतदान केन्द्रमा दुई पक्षीय झपड हुँदा एक राउण्ड गोली चलेको उनले बताए । यस्तै खाँणदेवी गाउँपालिका स्थित वडा नम्बर १ राकाथममा मतदान केन्द्रमा दुई पक्ष झडपलाई नियन्त्रणमा लिन ७ राउण्ड हवाइ फायर भएको उनले बताए ।
दुबै स्थानमा मतदान सुचारु गराउन पहल भइरहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० बैशाख २०७९, १० : १७
लेखकबाट थप