एआइजी पोखरेलले महानिरीक्षक नियुक्तिबिरुद्ध दिएको मुद्दामा सुनुवाइ सकियो

सफल खबर संवाददाता

विहीबार, २२ बैशाख २०७९, १४ : ३८
एआइजी पोखरेलले महानिरीक्षक नियुक्तिबिरुद्ध दिएको मुद्दामा सुनुवाइ सकियो

 काठमाडौं । धीरजप्रताप सिंहलाई प्रहरी महानिरिक्षक (आइजिपी) नियुक्त गरेको विरुद्धमा एआइजी विश्वराज पोखरेलले दायर गरेको रिट निवेदनको बहस सकिएको छ।

बुधबार न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा प्रारम्भिक सुनुवाइका लागि पेशी तोकिए पनि बहस नसकिएकाले बिहीबारका लागि हेर्दाहेर्दैमा पेशी तोकिएको  थियो। बिहीबार उक्त मुद्दाको सुनुवाइ सकिएको र केहीबेरमै लिखिच आदेश आउने सर्वोच्चका प्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए।एआइजी पोखरेलले वरियता मिचेर सिंहलाई आइजिपी बनाउँदा आफूमाथि अन्याय भएको दाबी गर्दै सोमबार सर्वोच्चमा निवेदन दिएका थिए।

प्रतिक्रिया दिनुहोस