राप्रपाकाे प्रतिवद्धता–पत्र सार्वजनिक, सुशासन र भ्रष्टाचार रहित स्थानीय सरकारको परिकल्पना

सफल खबर संवाददाता

विहीबार, २२ बैशाख २०७९, १२ : ०७
राप्रपाकाे प्रतिवद्धता–पत्र सार्वजनिक, सुशासन र भ्रष्टाचार रहित स्थानीय सरकारको परिकल्पना

 काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले बुधबार प्रतिवद्धता–पत्र सार्वजनिक गरेको छ । सुशासन र भ्रष्टाचार रहित स्थानीय सरकारको परिकल्पना गर्दै कुनै पनि सेवा सुविधा नलिएर काम गर्ने प्रतिबद्धता–पत्रमा उल्लेख गरेको छ ।

प्रतिवद्धता–पत्रमा सुशासन, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, भौतिक पूर्वाधार, सञ्चार, रोजगार, कर प्रणाली, खानेपानी तथा सरसफाई, स्थानीय कला, संस्कृति, धर्म, गरिवी निवारण, सामाजिक सुरक्षा र युवा तथा खेलकुद जस्ता विषयहरुमा विषयगत रुपमा काम गर्ने योजना समेटिएको छ  राप्रपाकातर्फबाट नेपालगन्ज उपमहानगरपालिकाका मेयरका उममेदवार नन्दलाल वैश्य र उपमेयरमा बिन्दुचर्ति मगर चुनावी प्रतिस्पर्धामा छन् ।

राप्रपाका महामन्त्री धवलशमशेर राणाको उपस्थितिमा प्रतिवद्धता–पत्र सावर्जनिक गर्दै वैश्यले उपमहानगरलाई औधोगिक हवको रुपमा विकास गर्न आफ्नो पहल रहने सुनाए । राप्रपाबाट उममेयरकी उम्मेदवार बिन्दुचर्ति मगरले उपमहानगर महिलाहरुका लागि सुरक्षित सहर बनाउन आफ्नो पहल रहने बताइन् ।

वैश्य र चर्ति मगर लामो समयदेखि नेपालगन्जमा सामाजिक तथा व्यवसायिक क्षेत्रमा सक्रिय छन् ।उपमहानगरमा गठबन्धनकातर्फबाट मेयरका उम्मेदवार प्रशान्त विष्ट उपमेयरका उम्मेदवार कमरुद्धीन राइ प्रतिस्पर्धामा छन् भने नेकपा एमाले को तर्फबाट मेयरमा पशुपतिदयाल र उपमेयरमा शान्ति ढकाल चुनावी दौडमा छन् ।

प्रतिक्रिया दिनुहोस