कर्णाली प्रदेशसभाको नवौँ अधिवेशन अन्त्य

सफल खबर संवाददाता

विहीबार, २२ बैशाख २०७९, ११ : ४३
कर्णाली प्रदेशसभाको नवौँ अधिवेशन अन्त्य

काठमाडौं । कर्णाली प्रदेशसभाको नवौँ अधिवेशन अन्त्य गरिएको छ । प्रदेश प्रमुख तिलक परियारले आज अधिवेशन अन्त्य गरेका हुन् ।

मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा वैशाख २१ गते बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख परियारसमक्ष सिफारिस गरेकोमा  उनले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम आज राति १२ : ०० बजेबाट प्रदेशसभाको नवौँ अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस