भरतपुरकाे चुनावी सभामा शेखर काेइराला नआउने

सफल खबर संवाददाता

विहीबार, २२ बैशाख २०७९, ०९ : ५८
भरतपुरकाे चुनावी सभामा शेखर काेइराला नआउने

  चितवन। चितवनकाे भरतपुरमा आज हुने सत्तारूढ गठबन्धन दलकाे चुनावी सभामा शेखर काेइराला सहभागी नहुने भएका छन्।

विराटनगरमा पूर्वनिर्धारित चुनावी कार्यक्रम भएकोले उनी चितवन  आउन नपाउने उनका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिएका हुन्।सभामा प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापालगायतले पनि सम्बोधन गर्ने कार्यक्रम छ।

गठबन्धन दलका अधिकांश शीर्ष नेता बुधबार नै चितवन पुगिसकेका छन्।सभा भरतपुरको हाकिमचोकमा हुनेछ।कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले सत्ता गठबन्धनका उम्मेदवार रेनु दाहाललाई चुनौती दिएका कारण भरतपुर गठबन्धनका लागि प्रतिष्ठाको विषय बनेको छ।पौडेलको उम्मेदवारी फिर्ता गराउन सत्ता गठबन्धन लागि परे पनि सफल हुन भने सकेन।

प्रतिक्रिया दिनुहोस