काठमाडौं । नेपाल प्रहरीको आईजीपीमा धीरजप्रताप सिंहलाई नियुक्त गर्ने निर्णयविरुद्ध परेको रिटमा आज (बुधबार) सुनुवाइ हुँदै छ। एआईजी विश्वराज पोखरेलले कनिष्ठलाई बढुवा गरेको भन्दै सर्वोच्च अदालतमा रिट हालेका थिए।
उनले गत सोमबार वारेसमार्फत रिट दर्ता गरेका थिए। रिटमा वरिष्ठता मिचेर भएको बढुवा बदरको माग गरिएको छ। सिंहभन्दा पोखरेल १६ महिना अगाडि एआईजीमा बढुवा भएका थिए।
सरकारले सिंहलाई आइतबार आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको थियो। उनले सोमबार दर्ज्यानी चिह्नसमेत लगाइसकेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ बैशाख २०७९, ०९ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आईजीपी थापालाई दर्ज्यानी चिन्ह प्रदान
आईजीपी कुँवरसँगै ५ एआईजी र ३ डीआईजी आजदेखि अवकास हुँदै
प्रस्तावित प्रहरी ऐनमा उल्लेख भएका केही बुँदाहरू सच्याउनुपर्ने पूर्वआईजीपीहरुको माग
प्रहरी सेवामा उच्च व्यावसायिकता र समर्पण आवश्यक : आईजीपी कुँवर