काठमाडौँ । पूर्व प्रहरी महानिरीक्षकहरूको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर प्रस्तावित प्रहरी ऐनमा उल्लेख भएका केही बुँदाहरू सच्याउनुपर्ने माग गरेका छन् ।
बिहीबार साँझ प्रधानमन्त्री ओलीलाई भेट्दै पूर्वआईजीपीहरुको समूहले विवादित केही बुँदाहरू हटाउनुपर्ने माग राखेका हुन् ।पूर्वआईजीपी मोतीलाल बोहराका अनुसार मुख्य गरी दुई विषयहरू (गृहको नियन्त्रण तथा परिचालन र सुपरीवेक्षण) विषय सच्याउन माग गरिएको छ ।
जवाफमा ओलीले संसदमा भर्खरै विधेयक दर्ता भएको र छलफल हुन बाँकी नै रहेकाले सच्याउन सकिने बताएका थिए ।त्यसैगरी पूर्वआईजीपीकै समूहले बुधबार राति पनि गृहमन्त्रीलाई भेट गरेर यही कुराहरू दोहोर्याएको थियो । विधेयकमा यसबाहेक अन्य विषयहरू पनि आपत्ति रहेको भन्दै सच्याउन माग भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ फागुन २०८१, १२ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रहरी सेवामा उच्च व्यावसायिकता र समर्पण आवश्यक : आईजीपी कुँवर