जुम्ला । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको लागि जुम्लामा ७६ हजार मतपत्र आइपुगेकाे छ । मुख्य निर्वाचन अधिकृत कार्यालय जुम्लाका सहायक निर्वाचन अधिकृत तोयानाथ उपाध्यायका अनुसार ७६ हजार मतपत्र आइपुगेको हाे ।
उनका अनुसार एक सय ५२ पेटिमा ७६ हजार मत पत्र जुम्ला आइपुगेको छ । मतपत्र प्याकिङ र निर्वाचन अधिकृतसँग जनशक्ति व्यवस्थापन लगायतका बिषयमा छलफल समेत भइरहेको छ उपाध्यायले बताए ।
मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधीश जवाहरप्रसाद सिंहका अनुसार जुम्लालाई आवश्यक ६६ हजार मत पत्र भए पनि १० हजार मतपत्र बढी आएको छ । मतपत्र नेपाली सेनाले सुरक्षाका साथ स्कटिङ गरेर सम्बन्धित मतदान स्थलसम्म स्थलमार्गबाट जुम्ला पुर्याइनेछ ।
नेपाली सेना नन्दबक्स गणका गणपति रविन थापाका अनुसार नेपाली सेनाले जुम्लाका लागि कालिकोटबाट हावा र पानी नछिर्ने ठूलो कन्टिनजरमा स्टकटिङ गरेर मतपत्र जुम्ला ल्याएर मुख्य निर्वाचन कार्यालयमा बुझाइएको छ ।जुम्लामा ६७ हजार सात ४४ मतदाता छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० बैशाख २०७९, १५ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रेडपाण्डा संरक्षण अभियानमा जुटे जुम्लाका स्थानीय
जुम्लामा पहिलो चौमासिकमा करिब १२ प्रतिशत मात्र विकास खर्च
जुम्लामा एउटै वडाबाट ३ करोडको सिमी उत्पादन
जुम्लामा स्याउ बेचेर ६१ करोड रुपैयाँ भित्रियो
जुम्ला जिल्ला पूर्ण खोप सुनिश्चिता घोषणा
जुम्लामा खडेरीले खेतबारीमै सुक्न थाल्यो बाली