चितवन । आगामी बैशाख ३० गते हुन गइरहेको स्थानीयतहको निर्वाचनमा पाँच दलीय गठबन्धनका उम्मेदवारलाई जिताउ भरतपुर महानगरको वडानम्बर २ मा दैनिक घरदैलो अभियान गरिएको छ ।
गठबन्धनको तर्फबाट यस वडामा अध्यक्ष, महिला सदस्य र दलीत सदस्यमा नेपाली काँग्रेसको तर्फबाट उम्मेद्वारी परेको छ भने, एक जना सदस्य नेकपा –माओवादी केन्द्र बाट र एक जना नेकपा –एकीकृत समाजवादी) बाट उम्मेद्वार बनेका छन् ।
काँग्रेसको रुख चिन्ह लिएर गठबन्धनको तर्फबाट मनोज रानाभाट र नेकपा एमालेको सूर्य चिन्हबाट कृष्ण केसीको उम्मेदवारी परेको छ ।घरदैलो कार्यक्रम गर्दै हिडेका अध्यक्ष पदका उम्मेद्वार रानाभाट आफ्नो टीमको विजय सुनिश्चित रहेको दाबी गर्छन भने अघिल्लो निर्वाचनमा जित हाँसिल गरेको नेकपा एमाले आफ्नो जीत हुनेमा आशावादी देखिन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० बैशाख २०७९, १२ : ५३
लेखकबाट थप