भारतीय प्रधानमन्त्री मोदी युरोप भ्रमणमा जाने

एजेन्सी

सोमबार, १९ बैशाख २०७९, १३ : ३३
भारतीय प्रधानमन्त्री मोदी युरोप भ्रमणमा जाने

नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आजदेखि युरोपको भ्रमणमा जाने भएका छन् । उनी सोमबार बिहान युरोप प्रस्थान गर्ने कार्यक्रम रहेको भारतका विभिन्न सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । 

उनी तीन युरोपेली देश डेनमार्क, जर्मनी र फ्रान्सको भ्रमणका लागि सोमबर त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।

सो कुराको जानकारी भारतका विदेश सचिव विनय मोहन क्वात्राले दिएको बताइएको छ । विदेश सचिव क्वात्राले प्रधानमन्त्री मोदीेले यस पटक गर्न लागेको यो युरोप भ्रमणका क्रममा उनले युक्रेन र रुसको हमलाका कारण उत्पन्न परिस्थितिका विषयमा भारतको धारणा राख्नेछन्।

उनी सोमबार नै जर्मनी पुग्नेछन् । जर्मनीपछि उनले डेनमार्क र फ्रान्सको भ्रमण गर्नेछन् । -सिन्ह्वा
 

प्रतिक्रिया दिनुहोस