मतपरिणाम अपडेट

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड ३ हजार बढी मतले अगाडी

शनिबार, २३ मंसिर २०७४, १८ : ५१
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड ३ हजार बढी मतले अगाडी

भरतपुर । चितवन क्षेत्र नम्बर ३ को नयाँ मत परिणाम अनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अग्रता कायमै छ । प्रचण्डले उहाँका प्रतिद्धन्द्धी विक्रम पाण्डेलाई झण्डै ३१ सय ७ मतले पछि पार्नु भएको छ । सुरुवाती अग्रता विक्रम पाण्डेले अग्रता लिएको भए पनि शनिबार मतअन्तरलाई बढाउदै लैजानुभएको छ । माओवादी केन्द्रका अध्यक्ष समेत रहनु भएका प्रचण्ड बाम गठबन्धनका साझा उम्मेदवार हुनुहुन्छ । प्रचण्डले अहिलेसम्म ७ हजार ६ सय ५ मत प्राप्त गर्नुभएको छ भने लोकतान्त्रीक गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका वर्तमान वनमन्त्री विक्रम पाण्डेले ४ हजार ४ सय ९८ मत पाउनु भएको छ । देशकै रोचक क्षेत्रको रुपमा हेरिएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बाम गठबन्धन मध्यका एक प्रमुख नेता भएकाले पनि सबैको ध्यान चितवन ३ मा तानिएको छ । शुक्रबार २ बजेदेखि मत गणना भएको चितवनमा सुस्ती गतिमा मतगणना भईरहेको छ । मत परिणामको लागि पार्टीका कार्यकर्ता चितवन उच्च मावि वरिपरि प्रतिक्षा गरेको देख्न सकिन्छ । छिटो मतगणना गर्न थप नयाँ गणक टोली थप गर्ने विषयमा छलफल भईरहेको मुख्य निर्वाचन अधिकृत कुल प्रसाद शर्माले जानकारी दिनुभयो ।
यस्तो छ क्षेत्र नं.३ को प्रतिनिधिसभा र प्रदेशसभाको मत परिणाम
प्रतिनिधिसभा सदस्य उम्मेदवार पुष्पकमल दाहाल प्रचण्ड (बामगठबन्धन)–७६०५
प्रतिनिधिसभा सदस्य उम्मेदवार विक्रम पाण्डे (लोकतान्त्रीक)–४४९८
प्रदेश क सदस्य उम्मेदवार कृष्ण भुर्तेल (बामगठबन्धन)–८६३७
प्रदेश क सदस्य उम्मेदवार दिनेश कोईरला  (लोकतान्त्रीक गठबन्धन)–८७०९
प्रदेश ख सदस्य उम्मेदवार रामलाल महतो (बामगठबन्धन)–६९६२
प्रदेश ख सदस्य उम्मेदवार साजन महतो (लोकतान्त्रीक गठबन्धन)– ४००२

 

 

प्रतिक्रिया दिनुहोस