संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव विजयी

शनिबार, २३ मंसिर २०७४, १६ : ५६
संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव विजयी

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव १० हजार मतान्तरले विजयी भएका छन् । यादव सप्तरी २ बाट २१ हजार ६ सय ३० मत ल्याएर विजयी भएका हुन् । उनका निकट प्रतिद्वन्द्वी वाम गठबन्धनका माओवादी उम्मेदवार उमेश यादवले ११ हजार ५ सय ७९ मत ल्याएका छन्।

फोरम–राजपा गठबन्धन तर्फबाट उम्मेदवार बनेका यादवलाई कांग्रेसले सहयोग गरेको थियो । यसअघिका दुई निर्वाचनमा सुनसरी–५ बाट निर्वाचित यादव यो निर्वाचनमा सप्तरी–२ बाट उठेका हुन् ।

प्रतिक्रिया दिनुहोस