काठमाडौं । पाँचथरमा बेपत्ता भएको आठौं दिनमा नेपाल प्रहरीका हवल्दार मृत फेला परेका छन् । इलाका प्रहरी कार्यालय यासोकमा कार्यरत खगेन्द्र श्रेष्ठ आइतबार बेलुकी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
जिल्ला प्रहरी प्रमुख रहेका प्रहरी नायव उपरीक्षक ९डीएसपी० राकेश थापाका अनुसार कुम्मायक गाउँपालिका–१ को ओर्दिनमा हवल्दार श्रेष्ठ मृत फेला परेका हुन् ।
पोष्टमार्टका लागि उनको शव जिल्ला अस्पताल लगिएको छ । ३ वैशाखको बेलुकीदेखि उनी बेपत्ता थिए । उनको हत्या कि आत्महत्या हो भन्ने खुल्न बाँकी रहेको डीएसपी थापाले बताए । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, १२ बैशाख २०७९, ०७ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यौन दुर्व्यवहारमा परेकी आनन्दी सदाय आफ्नै घरमा मृत भेटिइन्
बेपत्ता भारतीय युुवक कालीगण्डकीमा मृत फेला
पाँच दिनदेखि बेपत्ता युवक मृत फेला
प्रहरी हवल्दार मृत फेला
मृत भेटिए दक्षिण कोरियाली गायक
बर्दियामा मृत अवस्थामा पाटेबाघ फेला