काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको निर्वाचनलाई उच्च प्राथमिकता दिँदै केन्द्रीय पदाधिकारीलाई चुनावी मैदानमा उतारेको छ।पार्टीका उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको प्रमुखमा उम्मेदवारको रुपमा खडा गरेको छ।
‘हामीले जनताको चाहना र राप्रपा प्रतिको जनलहरलाई ख्याल राख्दै देशका सबै स्थानीय तहमा उमेदवार छनौटमा छलफल गरिरहेका छौं, अधिकांश उमेदवार छनौट भइसकेका छन्, आज साँझसम्म सबै तहको उमेदवारी टुंगोमा लगाउछौं, वीरेन्द्रनगरमा केन्द्रीय उपाध्यक्ष गिरीको उमेदवारी टुंगो लागेको छ,’ प्रवक्ता मोहन श्रेष्ठले भने।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ बैशाख २०७९, १५ : ५८
लेखकबाट थप