काठमाडौं । अघिल्लो स्थानीय तह निर्वाचनमा कोठाबाहिर मत खसाउने अभियान नै चलाएको डा. सिके राउतले यसपटक भने जनमत पार्टी नामको दल दर्ता गरी औपचारिक रूपमै निर्वाचनमा सहभागिता जनाएको छ ।
निर्वाचनमा पहिलो पटक सहभागिता जनाएको जनमतले जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुख पदमा आइतबार उम्मेदवारीसमेत दर्ता गराएको छ ।जनमत पार्टीबाट जनकपुरधाम उपमहानगरको प्रमुखमा अनिता साहले मनोनयन दर्ता गराएकी हुन् ।
पार्टीको केन्द्रीय सचिवसमेत रहेकी साहलाई मेयरको उम्मेदवार बनाउन सिफारिस गरिएसँगै उनले उम्मेदवारी दर्ता गराएकी छन् । यसअघि सोमबार जनमत पार्टीले ११० वटा पालिकाको प्रमुख तथा उपप्रमुखको टुंगो लगाएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ बैशाख २०७९, १५ : ५४
लेखकबाट थप