काठमाडौं।स्थानीय तहको निर्वाचनमा पार्टीले महिलालाई उपेक्षा गरेको जनाउँदै नेपाली कांग्रेसकी महिला नेतृ तथा कार्यकर्ताले आपत्ती जनाएका छन्।
विराटनगरस्थित पार्टीको प्रदेश कार्य समिति प्रदेश १ को कार्यालयमा आइतबार बिहान मोरंगका विभिन्न स्थानबाट भेला भएका महिला नेतृहरुले संविधानले प्रदत्त गरेको ३३ प्रतिशत समावेशको विषयलाई पार्टीले उपेक्षा गरेको आरोप लगाएका हुन्।प्रदेश १ सांसद एवं नेपाल महिला संघ मोरंगकी सभापति शान्ता पौडेलले निर्वाचनमा समेत पार्टीले महिलालाई स्थान नदिएर पीडित बनाएको बताईन्।
दलीय गठबन्धनको नाममा पार्टीले सक्षम र पार्टीमा लामो समय काम गरेका महिलालाई अधिकार दिनबाट बन्चित गरेको बताउँदै सभापति पौडेलले महिलाको हकमा पार्टी नसच्चिए आफूहरु थप आक्रमक रुपमा अघि बढ्ने चेतावनी दिइन्।
सो क्रममा महिला नेतृ एवं ट्रेड यूनियन प्रदेश १ महिला सभापति सुनिता घिमिरेले संविधानले तोके बमोजिम महिला अधिकार सुनिश्चित गर्नका लागि पार्टी गम्भीर नभएको बताइन्। महानगरमा गठबन्धनको आवश्यक्ता नभएको बताउँदै नेतृ घिमिरेले गठबन्धनको नाममा महिलालाई उम्मेदवार बनाउन पार्टी पछि हटेको उनको भनाई छ। सो क्रममा प्रदेश १ सभापति उद्धव थापाले महिलाको अधिकार प्रदेश समितिले कुन्ठित नगरेको प्रस्टाए।वडादेखि पालिका हुँदै जिल्लातहको सिफारिसमा प्रदेशले नाम अघि बढाएको बताउँदै सभापति थापाले महिलाको हक अधिकार सुनिश्चिताका लागि आफूहरु प्रस्ट भएको बताएका थिए। आक्रोशित महिलाहरुले कार्यालयमा चर्को नाराबाजी गरेका थिए। आक्रोशित भीडले पालिकास्तरमा मेयर उपमेयरमा एक पद पाउनुपर्नेमा जोडदिदैं महानगरपालिकामा गठबन्धनको आवश्यक्ता नभएको बताएका थिए। दलीय गठबन्धनका कारण महिलाको हक अधिकारमा कटौति भएकोमा आफूहरु पीडित भएको बताएका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ बैशाख २०७९, १३ : ४८
लेखकबाट थप