कांग्रेसका विमलबहादुर कार्कीद्वारा पोखराको मेयरमा स्वतन्त्र उम्मेदवारी

सफल खबर संवाददाता

आइतबार, ११ बैशाख २०७९, १३ : ३८
कांग्रेसका विमलबहादुर कार्कीद्वारा पोखराको मेयरमा स्वतन्त्र उम्मेदवारी

काठमाडौं।नेपाली कांग्रेसका पूर्व नगर सभापति विमलबहादुर कार्कीले पोखरा महानगरपालिकामा स्वतन्त्र उम्मेदवारका रुपमा मनोनयन दाखिल गरेका छन्।

नेपाली कांग्रेसले सत्ता गठबन्धनअन्तर्गत एकीकृत समाजवादीलाई पोखरा महानगरपालिका छोडे पनि कार्कीले कम्युनिष्ट या अन्य पार्टीमा मतदान गर्नु अनुचित भन्दै आइतबार मनोनयन दर्ता गरेका हुन्।‘म जुनसुकै कारबाही पनि भोग्न तयार छु, तर कांग्रेसको हक मारेर अरु दललाई समर्थन गर्न सक्तिन,’ उनले भने।

नेपाली कांग्रेसले यसअघिको निर्वाचनमा महानगरपालिका मेयरमा ४६ हजारभन्दा बढी मतले पराजित भएको थियो।

प्रतिक्रिया दिनुहोस