काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको महाराजगंज शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरर्गत महानगरिय ट्राफिक प्रहरी वृत्त महाराजगंज लाई रोड डिभाइडर हस्तान्तरण गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्वको कार्यलाई निरन्तरता दिदैं यस बैंकको महाराजगंज शाखाले महानगरिय ट्राफिक प्रहरी वृत्त महाराजगंज लाई ३० थान रोड डिभाइडर हस्तान्तरण गरेको हो । महानगरपालिकामा चुनौतीको रुपमा रहेको ट्राफिक व्यवस्थापनमा सहजता होस् भन्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रोड डिभाइडर हस्तान्तरण गरिएको कुरा बैंकका महाराजगंज शाखाका प्रबन्धक पल्लभ श्रेष्ठले जानकारी गराए । सोहि कार्यक्रममा बोल्दै वृत्तका नायव निरिक्षक श्री पुरुषोत्तम ढकालले विगतदेखि नै महालक्ष्मी विकास बैंकले सामाजिक उत्तरदायित्वका कार्यहरु महानगर भित्र प्रभावकारी रुपमा सञ्चालन गर्दै आएको बताए ।
महानगर वरपर ट्राफिक व्यावस्थापनमा माहानगरपालिकालाई सहजता होस् र दुर्घटना न्यूनिकरणमा मद्दत पुग्ने हेतुले रोड डिभाइडर वितरण गरिएको कुरा बैंकले जनाएको छ । महालक्ष्मी विकास बैंक लिमिटेडले देशभर फैलिएर रहेका १०३ शाखाहरुबाट कोर बैकिङ्गका सेवाहरु मात्र नभई विभिन्न सामाजिक कार्यहरुलाई प्रभावकारी रुपले निरन्तर रुपमा सञ्चालन गर्दै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ बैशाख २०७९, १५ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महालक्ष्मी विकास बैंकले ३ प्रतिशत बोनस सेयर वितरण गर्ने
महालक्ष्मी विकास बैंकद्वारा अटिजम सिकाई केन्द्रलाई सहयोग
महालक्ष्मी विकास बैंक र राउण्ड टेबल नेपालबीच सहकार्य
महालक्ष्मी विकास बैंक र जे.बी अटोमोटिभ कम्पनीबीच समझदारी पत्रमा हस्ताक्षर
महालक्ष्मी विकास बैंकको २०८१ सालको भित्तेपात्रो प्रकाशन
महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरण